काठमाडौँ, १ चैत । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । राष्ट्रपति भण्डारीले सूचना जारी गर्नुभएमा आज मध्यराति १२ बजेबाट अन्त्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्