काठमाडौँ, २ चैत । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयनको मागमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको विषयमा भने पार्टी प्रवक्ता प्रकाण्डले खुलाउनुभएको छैन् ।
२०७७ को फागुन २० गते ओली नेतृत्व सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संर्घष छाडेर विप्लव नेतृत्वको नेकपा मुल धारको राजनीतिमा आएको थियो । तर, सहमति अनुसार विप्लवका नेता तथा कार्यकर्ता कारगारबाट रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज नभएपछि आफ्ना माग पुरा गरिदिन विप्लव नेतृत्वको नेकपा देउवा नेतृत्वको सरकारसँग भेटवार्ता गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्