काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गर्नुभएको छ । आइतबार स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम नभएको भन्ने प्रमाणित भएको दाबी गर्नुभयो । राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै नेता पौडेलले अब जनता माझ गएर एमालेकको मत माग्ने हैसियत नै नभएको टिप्पणीसमेत गर्नु भयो । त्यस अघि आजै नेता पौडेलले तनहुँ तरुणदलद्वारा आयोति एक कार्यक्रममा कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्