काठमाडौँ, ७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि जानुभएको छ।
आज बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गर्नुभएको हो। उनीहरुले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कोरोना महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली चीन गएको हो। उनीहरू यहि चैत १४ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस्