काठमाडौँ, ७ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा आज जारी केन्द्रीय कमिटी बैठकमा महासचिवको प्रतिवेदनमाथि छलफलको क्रम जारी रहेको छ ।
तीन दिनदेखि शिवराज नगरपालिका-९ को भगवानपुरमा पार्टीको निर्माणाधिन केन्द्रीय कार्यालयमा जारी बैठक स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने निर्णयका लागि महत्वपूर्ण मानिएको छ । बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको नेताहरुले जनाएका छन् । बैठकमा ६९ जना केन्द्रीय सदस्य मध्ये ६७ जना र ७ जना केन्द्रीय सल्लाहकार मध्ये ४ जना सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्