ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई सुझाव ‘उत्तेजित अभिव्यक्ति नदिनुस्, भत्किएको घर सम्हाल्नुस्’ : कांग्रेस महामन्त्री शर्मा


एबीसी / संवाददाता
७ चैत्र २०७८, सोमबार   ३ : २२   बजे

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उत्तेजित अभिव्यक्ति नदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । एमालेकै घर भत्किरहेकाले त्यसलाई निर्माण गर्न लाग्न आग्रह गर्दै शर्माले उत्तेजित अभिव्यक्ति नदिन आग्रह गर्नुभएको हो ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीमा शर्माले कांग्रेसलाई १३ सिटमा सीमित गर्ने ओलीले अभिव्यक्ति कार्यकर्तालाई उत्तेजित गर्न र आफूलाई आनन्द महसुस गराउनका लागि मात्र भएको बताउनुभयो । ‘केपी ओलीलाई एकछिनको आनन्दका लागि भन्नुभयो, अन्यथा हिजोको चुनावका सारथी माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड कहाँ हुनुहुन्छ अहिले रु’, उहाँले भन्नुभयो, ‘आफ्नो घर भत्किएर विजोग छ, अन्य पार्टीलाई खसाल्न भन्दा भत्किएको घर सम्हाल्न आग्रह गर्छु ।’ गएको भन्दा अहिलेको चुनावमा देशव्यापी कांग्रेसको मुभमेन्ट बढेको भन्दै शर्माले ठूलो पार्टी बन्नेगरी तयारी भइरहेको बताउनुभयो । संसद चल्न नदिएर प्रतिपक्ष एमालेले जनताको म्यान्डेटकै अपमान गरेको टिप्पणी गर्नुभयो ।

महामन्त्री शर्माले अब बस्ने केन्द्रीय कमिटी बैठकले स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेृ टुंगो लगाउने बताउनुभयो । चैत ११ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ आउने रायका आधारमा निर्णय लिने बताउनुभयो । केन्द्रीय कार्यसमितिको बैठकले विगतका निर्वाचनमा भएका कमजोरी, सफलता, त्यसबाट भएको सिकाई लगायतमा पनि गहन छलफल हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group