ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० वर्षदेखि अर्थतन्त्रको समस्या उस्तै छ : पूर्व प्रधानमन्त्री भट्टराई


एबीसी / संवाददाता
११ चैत्र २०७८, शुक्रबार   ५ : ४२   बजे

काठमाडौँ, ११ चैत । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ४०/५० वर्षदेखि उस्तै समस्या रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहनुभएका भट्टराईले अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताउनुभएको हो ।

‘धेरै पहिलेदेखि हामीले तथ्यांक हेरिरहेका छौं, तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले भन्नुभयो, ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेरमात्रै बस्नु भएन ।’ नेपालको अर्थतन्त्र धेरै पहिलेदेखि उस्तै रहेको तर नेपाल भन्दा कमजोर रहेका देशहरु धेरै माथि गइरहेको उहाँँले बताउनुभयो । भुटान र बंगलादेशको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘कोरिया जस्ता अरु देशको कुरा छौडौं, नजिकैका साना देशहरुले नेपाललाई उछिनेर अघि बढिसके ।’

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता रहेको भन्दै उहाँले भविष्यमा बुढापाकामात्रै नेपालमा बस्ने दिने आउनसक्ने बताउनुभयो। समाजवाद उन्मुख अर्थतन्त्र भन्ने शब्दका विषयमा केही अर्थशास्त्रीहरुले निकै जोड गरेको भन्दै उहाँले यस्ता शब्दावली राख्नुको अर्थ पनि नरहेको बताउनुभयो । आफू माओवादीको जल्दोबल्दो नेताको रुपमा रहँदा समाजवाद नै चाहिन्छ भन्ने र अरु पार्टीकाले उदारवाद चाहिन्छ भनेको भन्दै सबैलाई मिलाउनका लागि बीचको शब्दको रुपमा समाजवाद उन्मुख भन्ने शब्द तयार गरिएको उहाँले बताउनुभयो । ‘समाजवाद भनेको परको कुरा हो त्यतातिर जाने भनेको हो, अहिले नै समाजवाद भन्ने हो भने त्यहाँ पुग्नै गाह्रो हुन्छ’ भट्टराईले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu