काठमाडौँ, १५ चैत । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम आज (मंगलबार) अनुमोदन गर्दैछ ।
समितिले आह्वान गरेको समयसीमाभित्र कुनैपनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनुवाई समितिको मंगलबारको बैठकले अनुमोदन गर्न लागेको हो । समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनुवाईको प्रचलन आएपछि कुनैपनि उजुरी नपरेको तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्