ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने : मन्त्री कार्की


एबीसी / संवाददाता
१८ चैत्र २०७८, शुक्रबार   ३ : ११   बजे

काठमाडौँ, १८ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने बताउनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्च स्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतको बीचमा सदिऔंदेखि रही आएको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर मुलुकको हितमा केन्द्रीत रहन्छ ।’ बिहीवारको मन्त्रिपरिषद्को बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्र्तगत छ्याङकुटी-तिदिम खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने, गराउने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागिताको लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको बहुवर्षिय ठेक्का सम्बन्धी दोस्रो संशोधन मापदण्ड २०७८ स्वीकृत गर्ने, नेपाल-कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने र उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ सुपारी, केराउ र मरीचलाई व्यवस्थित गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७८ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रिक्त तिन अतिरिक्त महानिरिक्षकको पदमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रकुमार धानुकलाई बढुवा गरी रिक्त पदमा पदस्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भुमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्का र गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu