ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकट नपाउँदा दाम्लो चुडाउन खोज्नेहरू कम्युनिस्ट हुँदैनन् : ईश्वर पोखरेल


एबीसी / संवाददाता
२१ चैत्र २०७८, सोमबार   ७ : १७   बजे

काठमाडौँ, २१ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थलाई केन्द्रित गर्नेहरू कम्युनिस्ट हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले चितवनले आयोजना गरेको जेपी भेटवालको चौथो स्मृति दिवसमा आयोजित श्रद्धाञ्जली सभा एवं स्मृतिग्रन्थ विमोचन समारोहमा बोल्दै उहाँले व्यक्ति भन्दा पार्टी सदैव माथि राखेर राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले कम्युनिस्ट नेताहरूमा चुनावमा टिकट पाए राम्रो मान्ने अन्यथा दाम्लो चुडाएर अन्यत्र जान खोज्ने प्रवृत्ति विकसित हुँदै गएको भन्दै त्यो रोक्नुपर्ने उहाँले बताउनुभयो । जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरू रहेको भन्दै यो सच्चिनुपर्ने बताउनुभयो । साथै उहाँले अबको चुनावमा एमाले एक्लै गठवन्धनसँग भिड्ने र माओवादी केन्द्र तथा नेकपा समाजवादीसँग कुनै हालतमा तालमेल नहुने प्रष्ट पार्नुभयो । भइरहेको बहुमतको कम्युनिष्ट सरकार भत्काएर कांग्रेससँग गठबन्धन गर्नेहरू कुनै हालतमा सहकर्मी हुन नसक्ने उहाँको प्रष्टोक्ति थियो ।

कार्यक्रममा जागृतप्रसाद भेटवाल स्मृतिग्रन्थ विमोचन गरिएको थियो भने अन्य पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई पोखरेलले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu