ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन माग्यो चीनले नेपाल संग सुरक्षाको प्रत्याभूति ?


एबीसी न्यूज
२९ पुस २०७४, शनिबार   ९ : १४   बजे

काठमाडौं, २९ – पुस । २०७२ मा गएको विनाशकारी भुकम्प पछि बन्द रहेको तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ । सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले यस सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जानकारी दिए ।

फायल फोटो

गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताए । जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आयोजना गरेको ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भने “तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि चिन फिङले नै चासो व्यक्त गर्नुभएको छ । नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक यो विषयमा कुरा उठेको छ ।”

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिसँग गत वर्ष गर्नुभएको भेटमा समेत सो नाका खोल्ने विषयमा छलफल भएको जानकारी दिँदै उनले चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणमा यो विषयले प्राथमिकता पाएको तथा पछिल्लो पटक तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणमा समेत गम्भीर छलफल भएको उनले बताए ।

चीन नेपालको असल मित्र भएकाले नेपालले आर्थिक–भौतिक सहयोग पाएको तथा नेपाल र चीनबिच जनस्तरको सम्बन्ध रहेको बताउँदै उनले अब बन्ने सरकारले सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।
कोदारी राजमार्गको स्तरोन्नति गर्न, भत्किएका पुल निर्माणमा समेत सहयोग गर्न चीन सरकारले चासो राखेको र अहिले केही कामसमेत सुरु भइसकेको उनको भनाई छ ।

यही पुस ७ गते सिन्धुपाल्चोकका प्रजिअ र चीनका उनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो । चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङले जानकारी दिए। “चिनियाँ पक्षले ज्वाइन्ट कमाण्ड मेकानिज्म र ज्वाइन्ट कमाण्ड अफिस खडा गर्नुपर्नेमा जोड दिएका छन्, हामीले आवश्यक तयारी गरेर जवाफ दिने तयारी गरेका छौँ” प्रजिअ तामाङले भने “संवेदनशील विषयमा उच्च सुझबुझपूर्ण व्यवहार प्रदर्शन गरेर मात्रै तातोपानी नाका खुलाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।”

कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले नेपालको जीवन रेखाका रुपमा परिचित कोदारी राजमार्ग खुलाउने विषयमा गम्भीरताका साथ पहल भइरहेको बताए । उनले भने “छिमेकीका केही चासो र चिन्तालाई हामीले सम्बोधन गर्नुपर्छ । त्यसो हुँदा छिट्टै नाका खुल्छ । हामी त्यसमा विश्वस्त छौँ ।”

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य अग्निप्रसाद सापकोटाका विचारमा नाका खोलाउन हरसम्भव प्रयत्न भइरहेको र छिट्टै सफलता हात लाग्ने छ ।

उनले भने “चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री तथा उच्च सरकारी तहमा गम्भीर छलफल भइरहेको छ । सकारात्मक सन्देश प्राप्त भएको छ ।” हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले नाका खुलाउने विषयमा उच्च राजनीतिक तहदेखि स्थानीय सरकारले समेत पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

थाइल्याण्डबाट २० हजार किलो राहत सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

High-Speed Rail Link Connects Revolutionary Sites of China’s Long March

Mudslide at Gyirong Port Kills 43, Leaves 519 Missing

Chinese Minister of Public Security Meets with Lao and Uzbekistani Officials

Eight Central Financial Enterprises Unveil Plans to Bolster Capital and Support Economy

China’s Top Grain-Producing Province Transforms Paddies into Thriving Tourism Destinations

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu