काठमाडौँ, २४ चैत । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आगामी निर्वाचनमा भाग नलिने बताउनुभएको छ। ऐतिहासिक जन-आन्दोलन दिवसका आज (बिहिबार) चितवनको भरतपुरस्थित गेष्टहाउसको चौरमा गरिएको जनसभालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचनमा मत नहाल्न समेत जनतासँग आग्रह गर्नुभएको छ । संसदीय व्यवस्था लुटेराहरुका लगि भएको भन्दै यसको बहिष्कार गर्ने उहाँले बताउनुभयो । गाउँबाट उठेका महिला, दलित, जनजाति अधिकारका लागि काम गर्ने उम्मेद्वारलाई मत हाल्न उहाँले आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्