काठमाडौँ, २७ चैत । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताउनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाल यो पार्टी पहिलो शक्ति हुने तर्क राख्नुभयो ।
कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको दृष्टान्तको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्