ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनका शीर्ष नेताको संयुक्त वक्तव्य : सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान


एबीसी / संवाददाता
२८ चैत्र २०७८, सोमबार   १ : ०३   बजे

काठमाडौं, २८ चैत्र ।   पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा आपसमा मिलेर अघि बढ्ने निर्णय गरेको हो ।

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुङ्गो भोलि दिउँसो ४ बजे बस्ने बैठकले लगाउने सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ुप्रधानमन्त्रीज्यूको अध्यक्षतामा पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । बैठकमा पालिका चुनावलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र पाँच दलको गठबन्धनद्वारा समर्थित उम्मेदवारलाई कसरी विजयी गराउने लगायत विषयमा छलफल भएको छ । फेरि यो बैठक भोलि ४ बजेका लागि बोलाइएको छ।’शीर्ष नेताले जारी गरेको संयुक्त अपिलमा चुनावमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरिएको छ । सत्ता गठबन्धनले पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरे पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन । तालमेलको मोडालिटी बन्न बाँकी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu