काठमाडौँ, २९ चैत । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन ४ वैशाखसम्मको समयसीमा तोकेको छ ।
गठबन्धनका शीर्ष नेताको मंगलबार बसेको बैठकले स्थानीय तहमा हुने तालमेल टुंग्याउन जिल्ला समितिलाई ४ वैशाखसम्मको समय दिएको हो । यसअघि चैत मशान्तभित्र तालमेल टुंग्याउन समय दिइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने समझदारी भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सत्ता गठबन्धनको बैठकबाट बाहिरिने क्रममा नेता सिटौलाले गठबन्धनका दलबीचमा वैशाख ४ गतेभित्र उम्मेदवार टुंगो लगाउन स्थानीय तहका कार्यसमितिलाई निर्देशन दिने कुरा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्