ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरमा गठबन्धन भागबन्डामा कांग्रेसलाई घाटा !


एबीसी / संवाददाता

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेदवार उठाउने भएको छ । पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेको हो । जहाँ यसले मेयरका लागि मात्र उम्मेदवारी दिन पाउने छ ।

त्यस्तै, तीन उपमेयरका लागि उम्मेदवारी दिन पाउने छ । वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसको भागमा उपमेयर परेको छ । यस हिसाबले ६ वटा महानगरमा कांग्रेसले तीन महानगरमा मेयर र तीन महानगरमा उपमेयरको सिट पाएको हो ।

जबकि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवैमा जितेको थियो । त्यस्तै, पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो ।

२०७४ को निर्वाचनमा महानगरमा मेयर र उपमेयर गरी सातजना जितेको कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर गरी ६ सिट पाएको छ । त्यसमा पनि सबै सिटमा जित हात पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । जति सिट पाएको छ ती सबैमा जिते पनि कांग्रेस महानगरमा अघिल्लो चुनावको तुलनामा कम सिटमा जित्ने छ ।

कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका मेयर र उपमेयर दुवैमा जितेको थियो । मेयरमा चिरिबाबु महर्जनले २४ हजार ६४२ मत लिएर जितेका थिए । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकार ३२६ मतान्तरले पराजित भएका थिए । उनले २४ हजार ३१६ मत पाएका थिए ।

उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार ८१९ मत पाएर विजयी भएकी थिइन् । साझा पार्टीकी शोभा शाक्य ५ हजार ५७९ मतान्तरले पराजित भएकी थिइन् । उनले १४ हजार २४० मत ल्याएकी थिइन् । ललितपुरमा २०७४ सालको निर्वाचनमा एक लाख १२ हजार ९२३ मतदाता थिए । अहिले एक लाख २२ हजार ८९० मतदाता छन् ।

काठमाडौँ महानगरपालिकामा २०७४ सालका निर्वाचनमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए । उनले ६४ हजार ९१३ मत पाएका थिए । कांग्रेस उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । विद्यासुन्दरले १९ हजार बढी मतान्तरले जोशीलाई पराजित गरेका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । काठमाडौँ महानगरपालिकामा २०७४ सालमा दुई लाख ७९ हजार ३०९ मतदाता थिए । अहिले तीन लाख २४२ मतदाता छन् ।

त्यस्तै, कांग्रेसले मेयरमा दाबी गरेको अर्को महानगर हो, विराटनगर । विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) विजयी भएका थिए । पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

उपमेयरमा कार्की २० हजार १४६ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । २०७९ को निर्वाचनका लागि विराटनरगमा कांग्रेसले मेयरको लागि मात्र सिट पाएका छ । उपमेयर भने जसपाले पाएको छ । २०७४ को निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता थिए भने अहिले एक लाख ३३ हजार १४२ मतदाता छन् ।

२०७४ को निर्वाचनमा मेयर र उपमेयर एमाले विजयी भएको पोखरा महानगरपालिकामा यसपालि कांग्रेसको भागमा उपमेयर परेको छ । एकीकृत समाजवादीको भागमा मेयर परेको छ । जसले गर्दा त्यहाँ अहिले पनि विवाद चलिरहेको छ । कांग्रेस नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको उपमेयर कांग्रेसको भागमा परेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसकै शान्ति कार्की १९ हजार ६०० मत पाएर विजयी भएकी थिइन् । मेयरमा भने तत्कालीन संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका थिए । उनी अहिले एमाले प्रवेश गरेका छन् । एमालेको तर्फबाट उनले नै टिकट पाउने प्रबल सम्भावना छ । सत्तारूढ गठबन्धनबाट भने जसपाको भागमा मेयरको सिट परेको छ ।

महानगरमा घाटा, उपमहानगरमा फाइदै फाइदा
११ वटा उपमहानगरपालिकाको भागबन्डा भने टुंगिन सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । त्यसका लागि पाँचदलीय गठबन्धनको बैठक बसिरहेको छ । दलहरू आ(आफ्नै अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो ।

प्रस्तावित खाकाअनुसार ६ वटा उपमहानगरको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै तीन उपमेयर कांग्रेसको भागमा परेको छ भने जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबन्डा टुंगिन बाँकी छ । २०७४ सालको निर्वाचनमा सुरुमा कांग्रेसले दुईवटा उपमहानगरमा मात्र मेयर जितेको थियो । तीन उपमेयरमा विजयी भएको थियो । पछि उपनिर्वाचनमा कांग्रेसले धरानको मेयर पनि जितेको थियो ।

२०७४ सालको निर्वाचनमा कांग्रेस धनगढी र कलैया उपमहानगरको मेयरमा विजयी भएको थियो । धनगढी, नेपालगञ्ज र कलैयामा उपमेयर जितेको थियो । धनगढी र कलैया कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com