काठमाडौं, २८ पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल बाट दक्षिण एसिया हुदै विश्वमा शान्तिको शन्देश दिन खोजेको बताएका छन् । उनले देशलाई जटिल परिस्थितिबाट पार लगाउन जनताले बहुमत दिएको र अव छिटै कम्यूनिष्ट केन्द्र बनाई देशलाई स्थायित्व, शुसासन र विकास तर्फ अगाडी बढाई विश्वर भर शान्तिको शन्देश दिन खोजेका बताएका छन् ।
२०६३ सालमा स्थापना भएको देश भक्त गणतान्त्रीक मंचले गरेको सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन । मंचले माओवादी केन्द्रसंग आवद्ध रही राज्य रुपान्तरणका लागी साहित्य÷कला÷ पत्रकारीका मार्फतबाट गहन योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमा विभिन्न क्ष्ँेत्रका ४९ जनालाई सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व मंचकी अध्यक्ष बाबा वस्नेतले गरेकि थिइन । स्रष्टाहरुलाई अध्यक्ष प्रचण्ड, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी लगायतले बधाई तथा शुभकामना व्यक्त थिए ।
प्रतिक्रिया दिनुहोस्