ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बराह तालमा पूर्वाधार निर्माण


एबीसी / संवाददाता
८ बैशाख २०७९, बिहिबार   २ : ०३   बजे

काठमाडौं, ८ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ । बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । “बराह ताललाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउने अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पूवार्धार निर्माणसँगै धार्मिक महत्व र पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा जोड दिएका छौँ ।” मालिका गाउँपालिकाको रु १० लाख सहयोगमा ताल वरपर ढुङ्गा बिछ्याएर पदमार्ग र पर्खाल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन लाख बजेटबाट ताल परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष डेकप्रसाद फगामीले पदमार्ग र पर्खाल निर्माण भएपछि ताल आकर्षक बनेको बताउनुभयो । “प्रचारप्रसार नहुँदा बिम बराह ताल ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय चहलपहल बढ्न थालेको छ ।”

करिब ४५/४५ मिटर लम्बाइ चौडाइ र तीन मिटरभन्दा बढी गहिरो ताल समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित छ । तालको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमाल छन् । तालमा हिमालको छायाँ पर्दा मनमोहक दृष्य देखिन्छ । त्यहाँ रहेको जलबराहको थानमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । ताल गोलो आकारको छ । पर्खालले पाखोबाट तालमा आउने बाढी र भल तर्काउन सघाएको छ । भलबाढीले तालको गहिराइ र क्षेत्रफल घट्दै गएको थियो । ताल परिसरमा बगैँचा निर्माणका लागि युवाले फूलका बिरुवा रोपेका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम, बिमवाङ हुँदै धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक सुगुरथलासम्म जोडिएको छ । यो सडकबाट एक मिनेट पैदलयात्रा गरेपछि तालमा पुग्न सकिन्छ । बेनी–टोड्के–मालिका–बराह ताल हुँदै धौलागिरि आधार शिविर जोड्ने पदमार्ग सञ्चालन, तालको संरक्षण, पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन र प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu