ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमाले नयाँ पार्टी कार्यालयमा सर्‍याे


एबीसी / संवाददाता
९ बैशाख २०७९, शुक्रबार   ७ : १३   बजे

काठमाडौँ, ९ बैशाख । नेकपा (एमाले) आजबाट नयाँ भवनमा सरेको छ । थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ । नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो । त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो । वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइनेगरी सम्झौता गरिएको उहाँको भनाइ छ । नयाँ कार्यालय भवनलाई प्रविधिमैत्री बनाइएको छ । फराकिलो पार्किङ क्षेत्र र आकर्षक बगैंचा रहेको नयाँ पार्टी कार्यालयको भुइँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागतकक्ष राखिएको छ ।

त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहकार परिषद्, संगठन विभाग, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ । सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ ।
त्यस्तै दोस्रो तलामा केन्द्रीय विभागहरू, सचिवको क्याविन, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगका प्रमुखसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, उपमहासचिवका कार्यकक्ष पनि बनाइएको छ । सबैभन्दा माथिल्लो तलामा अध्यक्षको कार्यकक्ष बनाइएको छ । त्यस्तै उपाध्यक्ष र महासचिवको कार्यकक्ष पनि सबैभन्दा माथिल्लो तलामा बनाइएको छ । पश्चिमपट्टी बनाइएको हलबाट अध्यक्षले लाइभ सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । अत्याधुनिक सूचना प्रविधिको विकास गरेर बनाइएको हलबाट पार्टी अध्यक्षले लाइभ सम्बोधन गर्ने रिमालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group