ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवार छान्न नेपाली कांग्रेसलाई सकस,बालुवाटारमा घनिभूत छलफल


एबीसी / संवाददाता
१० बैशाख २०७९, शनिबार   ७ : १२   बजे

काठमाडौँ, १० बैशाख । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली कांग्रेसलाई सकस परेको छ ।
कांग्रेसका शीर्ष नेताहरू उम्मेदवारको टुंगो लगाउन शुक्रबारदेखि घनिभूत छलफलमा जुटे पनि सहमति बन्न सकेको छैन । आ-आफूले प्रस्ताव गरेका उम्मेदवारमा अडान नछोडेपछि साझा उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

महानगर र उपमहानगरका उम्मेदवार छान्न कांग्रेसका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल टुंगिएको छैन । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग-अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

नेताहरूबीच अहिलेसम्म काठमाडौंको मेयरमा सिर्जना सिंह र भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति बनेको छ । त्यसबाहेक ललितपुर, विराटनगरको मेयर, वीरगञ्ज र पोखराको उपमेयर पदको उम्मेदवार टुंगिएको छैन । उम्मेदवारको टुंगो लगाएपछि ती नाम कार्यसम्पादन समितिमा अनुमोदनका लागि प्रस्तुत गर्ने सभापति देउवाको तयारी छ । सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu