काठमाडौँ, १२ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ। तालमेलअनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार हुनुभएको छ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गुरुङलाई पार्टीले उपमेयर बनाउने निर्णय गरेको बताउनुभयो । यस्तै पाँचदलीय गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहनुभएको छ । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी रहनुभएको छ । चितवनमा दुई पक्षीय तालमेलले रोचक भिडन्त हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्