काठमाडौँ, १२ बैशाख । गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
गठबन्धनमा काँग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोज्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्