ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोटनह्यामको इपिएल जीतमा केनको किर्तिमानी


admin
३० पुस २०७४, आइतबार   २ : ४९   बजे

काठमाडौं, ३० पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले हराएको हो । पहिलो हाफमा एक गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप तीन गोल गरेर प्रभावशाली जित दर्ता गरेको हो । माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले एक एक गोल गरे । २६ औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४७ औं मिनेटमा केनले व्यक्तिगत पहिलो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे । त्यसको १२ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले ३–० को अग्रता लियो । ८१ औं मिनेटमा एरिक्सनले गोल गरेपछि घरेलु टोली ४–० ले विजयी भयो । जितपछि पा“चौं स्थानको टोटनह्यामको २३ खेलबाट ४४ अंक भएको छ । २७ अंकसहित एभर्टन नवौं स्थानमा छ । एभर्टनसंगको खेलमा दुई गोल गरेका केन प्रिमियर लिगमा टोटनह्यामबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यो सिजन प्रिमियर लिगमा २० गोल गरिसकेका केनले सबै प्रतियोगितामा गरेर टोटनह्यामबाट यो सिजन २८ खेलमा २८ गोल नै गरेका छन् । केनले एभर्टनसंगको खेलको ४७ औं मिनेटमा गरेको गोल प्रिमियर लिगमा टोटनह्यामबाट गरेको ९७ औं गोल थियो । त्यसको १२ मिनेटपछि उनले लिगमा ९८ औं गोल गरे । ५९ औं मिनेटमा गरेको गोलसंगै उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने टोटनह्याम खेलाडीको रुपमा नाम लेखाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group