काठमाडौँ, १५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिलाई अदालत भित्र प्रवेश गराउने, राजनीतिमा अदालत प्रवेश गर्ने लोकतन्त्रका लागि हानिकारक हुने बताउनुभयो ।
अहिलेको चुनावी गठबन्धन सत्ता स्वार्थका लागि भएको बताउँदै उहाँले गठबन्धनमा कुनै लक्ष्य, उद्देश्य नभएको बताउनुभयो । गठबन्धन एमालेलाई जितबाट रोक्न् भएको दाबी गर्दै महासचिव पोखरेलले एमालेकै नेतृत्वमा ठूला-ठूला प्रोजेक्ट अघि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्