काठमाडौँ, १५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाच आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिनुभयो ।
यस्तै, बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्