ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने


एबीसी / संवाददाता
१६ बैशाख २०७९, शुक्रबार   १ : १०   बजे

काठमाडौँ, १६ बैशाख । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ ।

नेपाल वायु सेवा निगमले नेपालकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा अपेरशनल डेमोन्स्ट्रसन फ्लाइट सफलता पूर्वक सम्पन्न गरेको छ । काठमाडौंदेखि भैरहवासम्मको यात्रा अवधि २७ मिनेटको रहेको सो विमान अवतरणका क्रममा रहदा भैरहवावासीले लाइनवद्ध भई विमान अवतरणको दृश्यावलोकन गरेको थिए । पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले स्वयम सहभागी भएको परीक्षण उडानमा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि कर्मचारी, सुरक्षाकर्मी लगायतले विमान चालक दलका सदस्यसहित सम्बन्धित सहभागीहरुलाई फूलमालाले स्वागत गरेका थिए । दशकौंको प्रयासपछि निर्माण सम्पन्न उक्त विमानस्थलमा पहिलो वाइडबडी ए-३३० उडान गर्न पाउँदा गौरवको महसुस भएको नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट श्रवण अर्यालको अनुभव यस्तो छ ।

दशकौंको प्रयासपछि निर्माण पूरा भएको विमानको आगमण कक्षमा गौतम बुद्धको प्रतिमा राखिएको दृश्य सबैको आकर्षणको केन्द्र बनेको थियो । यद्दपी विमानस्थलमा पहिलोपल्ट चेकिङ गर्दा सुरक्षाकर्मी अलमलमा परेका थिए । विमानस्थल निर्माण हुनुमा बहालवालाका साथै पूर्वमन्त्री र कर्मचारीहरुको देन रहेको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीको भनाइ छ । नेपालको एकमात्र विमानस्थलबाट यात्रा गर्न बाध्य यात्रुहरुले अब यो विमानस्थल सञ्चालनमा आएसँगै यात्रा सहजीकरणमा दुईमत छैन । त्यसैगरी एयर ट्राफिकका कारण लामो समय काठमाडौंको आकाशमा होल्ड हुनुपर्ने विदेशी विमानहरुलाई छोटो दूरीमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहज अवतरण गराउन पनि सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group