काठमाडौँ, १७ बैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गर्नु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई शनिबार चुनाव चिन्ह प्रदान गरेको हो । यसैगरी, दलका उमेदवारहरुले भने दलकै चुनाव चिन्ह पाएका छन् । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्