काठमाडौँ, १९ बैशाख । इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्थाप्रति क्यान महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेदार निकायबाट व्यक्त धारणाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो । यसका साथै, महालेखापरीक्षकको वार्षिक प्रतिवेदनको आधारमा बेरुजूका सन्दर्भमा विभिन्न निकायहरूबीच बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको थियो ।
यथाशीघ्र वार्ता गरेर समस्या समाधानका लागि महासंघले सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्