ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सूचना आयोगले १५औँ स्थापना दिवस मनाउँदै


एबीसी / संवाददाता
२२ बैशाख २०७९, बिहिबार   १२ : १०   बजे

काठमाडौँ, २२ बैशाख । राष्ट्रिय सूचना आयोगले १५ औँ स्थापना दिवस मनाउँदै छ । संविधानमा सूचनाको हक मौलिक हकका रुपमा स्थापित छ । नेपालको संविधानको धारा २७ मा, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर सूचनाको हकलाई संवैधानिक रूपमै व्यवस्था गरिएको छ ।

संवैधानिक रूपमा नागरिकलाई दिइएको सूचनाको अधिकारको व्यावहारिक प्रयोगका लागि सूचनाको हकसम्बन्धी ऐन तथा स्वतन्त्र आयोगको रूपमा राष्ट्रिय सूचना आयोगको गठन भएको आज १४ वर्ष पूरा भएको हो । तर सूचनाको हकको कार्यान्वयन जति हुनुपर्ने थियो त्यति प्रभावकारी हुन नसकेको गुनासो छ । सूचना नपाएपछि राष्ट्रिय सूचना आयोगमा परेको पुनरावेदनको सङ्ख्या ८ हजारको हाराहारीमा छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले पालिका चुनावमा सही, तथ्यगत र आधिकारिक सूचनाको महत्त्व अझ बढेको भन्दै नकारात्मक असर पार्न सक्ने सूचना सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ । साथै उहाँले मागिएका सूचना सहज रुपमा उपलब्ध गराउन पनि सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

यस्तै, स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचनाको हक सुशासन र लोकतान्त्रिक शासन पद्धतिको आधार रहेको बताउनुभएको छ । उहाँले सूचनाको हकलाई प्रवर्द्धन र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu