ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी एमालेसँग गठबन्धन गरेर अर्को गल्ती नगर्ने : प्रचण्ड


एबीसी / संवाददाता
२२ बैशाख २०७९, बिहिबार   ६ : ५४   बजे

काठमाडौं, २२ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताउनुभएको छ ।

बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धन दलको सभालाई सम्बोधन गर्दै प्रचण्डले जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो-‘मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ । विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन । उहाँको अधिकार हो । उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ । तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ । चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन् । जनताले गरेको फैसला सर्वस्वीकार्य हुनेछ ।’ उहाँले यति बेला दुनियाँभरका शक्तिले भरतपुरमा ध्यान दिएको बताउँदै प्रचण्डलाई ठेगान लगाउने यही बेला हो भनेर देशी विदेशी शक्ति लागेको बताउनुभयो । आफूलाई ठेगान लगाए अहिले आएको परिवर्तन उल्टाउन सकिने उनीहरूको विश्वास रहेको र त्यसलाई सफल हुन नदिन आग्रह गर्नुभयो । उहाँले केपी ओलीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् नछोड्नुस, हाम्रो भोट पनि खनाइदिउँला भनेको उल्लेख गर्दै सो कुरामा भर नपर्न आग्रह गर्नुभयो । उहाँले फेरी एमालेसँग गठबन्धन गर्नतिर लागेर फेरि अर्को गल्ती नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu