अछाम, २२ बैशाख । बाम गठबन्धनको तर्फबाट साँफेबगर नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्ला चुनावी प्रसार-प्रसार कार्यक्रमलाई छोड्दै रक्तदानमा सहभागी हुनुभएको छ ।
उहाँले साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वरमा भई रहेको चुनावी प्रसार-प्रसार कार्यक्रमलाई छोडेर रक्तदान गर्न बयलपाटा अस्पताल पुग्नु भएको हो । उहाँले साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वरको गैरागाउँका ५५ बर्षिया सेतु ठकुल्लालाई रगत दान गर्नु भएको छ । रगतको अभावमा तीन दिन देखि अस्पतालमा रहेकी ठकुल्लालाई रगतको आवश्यकता भएको थाहा पाए पछि चुनावी घर दैलो तथा प्रचार-प्रसार कार्यक्रमलाई छोडेर रक्तदान गर्न बयलपाटा अस्पताल पुगेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्