ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरु पार्टीको चुनावी अभियान देउसी जस्तै देखियो : अध्यक्ष ओली


एबीसी / संवाददाता
२२ बैशाख २०७९, बिहिबार   ७ : ३३   बजे

काठमाडौँ, २२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गर्नुभएको छ । बिहीबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अरुका सभा घरदैलो देउसी जस्तै देखिएकाले एमालेले ससाना कार्यक्रम गर्न नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको भन्दै गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन कि भनेर अन्य दल झस्कने गरेको जिकिर गर्नुभयो । गठबन्धनको घोषणा पत्रप्रति कटाक्ष गर्दै उहाँले एमालेलाई गाली बाहेक अरु केही उल्लेख नगरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले एमालेलाई टर्च लगाएर खोज्नु पर्छ भन्नेहरुलाई बैशाख ३० गतेपछि कसलाई कसले टर्च बालेर खोज्नुपर्छ देखाउँछौ भन्नुभयो । यसैबीच कैलालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नै नभएको दाबी गर्नुभयो ।

घटना हुँदा कैलालीमा नरहेका चौधरीलाई मुद्दा लगाइएको उहाँले बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा थारू समुदायका नेतासँग छ बुँदे सहमति गरेर समस्या समाधान गर्न खोजेको अध्यक्ष ओलीले बताउनुभयो । आफू नेतृत्वको सरकार र गृहमन्त्रीले नै थारू समुदायले उठाएका माग सम्बोधन गर्न पहल गरेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu