ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिगामीको पक्षमा मतदान गरे पछुताउनुपर्ने अवस्था आउने जिकिर : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
२३ बैशाख २०७९, शुक्रबार   ७ : २६   बजे

काठमाडौँ,२३ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ ।
अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे मुलुक र जनताले पछुताउनुपर्ने अवस्था आउने जिकीर गर्नुभयो ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्तभएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताउनुभयो । प्रतिगामी कित्तामा उभिएका केपी ओलीको पक्षमा मत खसालियो भने पछुताउनु पर्ने र भावी सन्तानहरुले पनि दुःख भोग्नु उहाँले बताउनुभयो । ओली नेतृत्वको गठबन्धनले संविधान विरोधी काम गरेको, दुई तिहाइ बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम गरेको तथा जनमतको अनादर गर्ने काम गरेको अध्यक्ष नेपालको आरोप लगाउनुभयो ।

उहाँले ओलीले हास्यास्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर ५७३ वटै पालिकाका जतिपनि अस्पतालहरु शिलान्यास गर्ने, विभिन्न परियोजनाहरु सम्पन्न हुनु पाँच वर्ष अघि नै उद्घाटन गर्ने जस्ता गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ मुलुकको विकास गर्ने उद्देश्यका साथ सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्नु परेको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group