काठमाडौँ, २६ बैशाख । प्रहरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट मतदातालाई वितरण गर्न राखिएका साडी बरामद गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताउनुभयो । २७ गते मध्यरातिबाट मौन अवधि शुरु हुने भएकाले त्यसअघि नै मतदातालाई बाँडनका लागि साडी तयारी अवस्थामा राखिएको बताइएको छ । बरामद साडी नेकपा एमालेका उमेदवारले बाँड्न ल्याएको आरोप छ । तर एमालेबाट सुनवल नगरपालिकाको प्रमुख पदका उमेदवार विमला अर्यालले भने त्यसलाई अस्वीकार गर्नुभयो । अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उमेदवारहरुले मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु दिन शुरु गरेका छन् ।
४/५ दिन अघिदेखि नै नगदसहित मासु र रक्सीसमेत मतदाताहरुलाई बाँड्न थालेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्