ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल गर्ने


एबीसी / संवाददाता
२७ बैशाख २०७९, मंगलबार   ५ : ०६   बजे

काठमाडौँ, २७ बैशाख । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो ।

एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारको मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् । सम्झौताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग गर्नेछ भने वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउनेछ । नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेको जसपाले मेयरमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी उपमेयर पदको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता लिएको थियो । तर कांग्रेससँगको तालमेलको प्रयास वैशाख २१ गते असफल भएको थियो ।

एमालेबाट पालुङटारको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार छन् । जसपाबाट मेयरमा प्रेम गुरुङ उम्मेदवार हुनुहुन्छ । जिल्लाका अन्य पालिकामा पनि सम्भव भएसम्म तालमेल गरी चुनावमा जाने दुई पार्टीबीच सहमति भएको छ । पालुङटार जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर हो । भट्टराई एक हप्तादेखि पालुङटार केन्द्रित भएर चुनावी अभियानमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group