ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनसँगै हवाई उडानमा चाप


एबीसी / संवाददाता
२८ बैशाख २०७९, बुधबार   १२ : ०१   बजे

काठमाडौँ, २८ बैशाख । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ । शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण हवाई भाडा करिब २२ प्रतिशतले बढ्दा पनि यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल एयरलाइन्स बाहेक अन्य कम्पनीहरूले स्टलभन्दा ट्रंक रूटमा बढी उडान भर्ने भएकोले त्यता बढी चाप देखिएको हो । यात्रुको चाप बढेसँगै केही कम्पनीले उडान सञ्चालनको समय पनि थप गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालनका लागि निर्देशन दिएपछि क्रमिक रूपमा समय र उडान तालिका थप हुँदै गएको छ ।

आन्तरिक उडानमा प्रमुख हिस्सा ओगट्ने बुद्ध एयरले अहिले आउने र जाने गरी दैनिक १५० देखि १७० उडान भर्ने गरेको कम्पनीले दावी गरेको छ । निर्वाचनसँगै बिहेको मौसम भएकोले यात्रुको चाप बढेको छ । कोभिड अघिको दैनिक करिब १४० उडान हुने गरेकोमा अहिले १७० सम्म उडान हुने गरेको छ । यसैबीच, नेपाल वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन कुनै पनि आन्तरिक हवाई सेवा सञ्चालन नहुने जनाएको छ । तर, मावनीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुनेछन् ।

सरकारले स्थानीय तह निर्वाचनका दिन आन्तरिक हवाई सेवा बन्द गर्न निर्देशन दिएको थियो भने अन्तर्राष्ट्रिय उडानलाई भने यथावत नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu