काठमाडौँ, २८ बैशाख । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो ।
अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् । अझै आजदेखि यो संख्या बढ्ने अनुमान गरिएको छ ।
उपत्यकाबाट निजी र रिजर्भ बाहेक ८ हजार बढी सवारी साधन बाहिरिएका छन् । आज बुधबार पनि बिहानदेखि काठमाडौंका नाका भएर घर फर्कनेहरुको भिड लागेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्