ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यका छोड्नेको लर्को, मतदाता ओसार्दै राजनीतिक दलका नेताहरु


एबीसी / संवाददाता
२८ बैशाख २०७९, बुधबार   १ : २७   बजे

काठमाडौँ, २८ बैशाख । स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको चाप उपत्यकाका बस पार्कहरुमा बढेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउँन अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनको दिन सरकारले सार्वजनिक यातायातका साथै हवाइ सेवा पनि बन्द गर्ने निर्णय गरेको छ । जसले गर्दा बसपार्कमा मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडानमा पनि यात्रुहरुको चाप बढेको छ ।

बिभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं आएर बसेकाहरुको मतदाता नामावली आफ्नो स्थानीय तहमा भएका कारण भोट हाल्न उनीहरु गाउँ फर्किन लागेका हुन् । त्यस्तै कतिपय स्थायी रुपमै काठमाडौं उपत्यकामानै बसोबास गर्ने भएता पनि उनीहरुको मतदाता नामावली गाउँमै रहेका कारण मत खसाल्न उपत्यका छोड्न लागेका हुन् । सरकारले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिएको छ भने त्यसपछिका तीन दिन निरन्तर बिदा परेका छन् । निर्वाचनको भोलीपल्ट शनिबार परेको छ । त्यस्तै जेठ १ गते आइतबार परेको छ भने जेठ २ गते बुद्ध जयन्ती परेको छ । सरकारले जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । त्यसकारण निर्वाचनको दिनलाई समेत जोड्दा ४ दिन सार्वजनिक बिदा परेको छ । ४ दिन बिदा परेकाले पनि उपत्यका छोड्नेहरुको संख्या बढेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बुधबार बेलुकासम्म १० देखि ११ लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान महासंले गरेको इमेजखबरसँग बताउनुभयो । उहाँले सामान्य दिनको तुलनामा बसपार्कहरुमा घर फर्किने यात्रुको चाप धेरै बढेको बताउनुभयो ।काठमाडौंको कलंकी,कोटेश्वर,बालाजु,माछा पोखरी, बल्खु लगायतका स्थानमा यात्रुहरुको चाप बढी छ । उम्मेदवारहरुले मौन अवधि शूरु हुनु अघिसम्म चुनाव प्रचार प्रसारको सिलसिलामा बिभिन्न जिल्लामा सुमो जीपहरुको प्रयोग गरेकाले त्यस्ता सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले सुमोको टिकट पाउन नसकेको गुनासो गरेका छन् । चुनाव प्रचार प्रसारमा लगिएका सुमो जीप सबै उपत्यकता भित्रि नसेका व्यवसायीको भनाई छ ।

कतिपय राजनीतिक दल र तिनका उम्मेदवारले मतदातालाई बस रिजर्भ गरेर नै लिन पठाएका कारण पनि उपत्यका छाड्नेको चाप बढेको सिटौलाको भनाई छ । सरकारले निर्वाचनका लागि बुधबारबाट बिद्यालय समेत बन्द गरेको छ । सधैंभरी मानिस र सवारी साधनको चाप देखिने काठमाडौं उपत्यकामा बुधबार भीडभाड देखिएको छैन । काठमाडौं उपत्यकाबाट बाहिरिनेको लर्कोसँगै गाउँघर तिर चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu