ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकामा प्रदर्शन थप चर्कियो : सेना र प्रहरीलाई आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति


एबीसी / संवाददाता
२८ बैशाख २०७९, बुधबार   १ : ३५   बजे

काठमाडौँ, २८ बैशाख । श्रीलंकामा प्रदर्शन थप चर्किएको छ । रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न सक्ने सम्मको आदेश दिएको छ ।

खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको हो । पछिल्लो प्रदर्शनमा आठ जनाको ज्यान गएको छ । झण्डै दुई सय नागरिक घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेको सरकारी निवास वरपर आगजानी भएको छ । त्यस्तै निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको पुरानो घरमा पनि अस्ति आगजनी भएको थियो । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ ।

खाद्यान्न, औषधि र आधारभूत सेवाको अभाव बढेपछि श्रीलंकाका नागरिक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले आर्थिक संकट निम्तनुमा राष्ट्रपति पनि जिम्मेवार रहेको भन्दै राजीनामा मागेका छन् । सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिनुभएको थियो । राजधानी कोलम्बोमा ठूलो संख्यामा सेना, प्रहरी तैनाथ गरिएको छ । उनीहरूले सहरमा गस्ती गरिरहेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu