ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन अघि आकाश पनि व्यस्त,आन्तरिक टर्मिनलमा थेगिनसक्नु यात्रु


एबीसी / संवाददाता
२८ बैशाख २०७९, बुधबार   ७ : १७   बजे

काठमाडौँ, २८ बैशाख । सडक यातायात मात्र होइन, मतदानका लागि आवतजावत गर्ने क्रम बढ्दा हवाई सेवामा पनि उत्तिक्कै चाप परेको छ । निजी हवाई कम्पनीहरूले अतिरिक्त उडान थपेर यात्रुको माग धानिरहेका छन् । यताबाट जाने मात्र हैन काठमाडौं उपत्यकाभित्रका मतदाता फर्कने क्रम पनि उत्तिक्कै छ ।

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप थेगिनसक्नु छ । त्यहाँ देखिएका अधिकांश मानिस भोट हाल्नकै लागि बाहिरिन लागेका हुन् । मताधिकारप्रति मतदाता कति सचेत छन् भन्ने विषय आन्तरिक टर्मिनलको दृश्यले पनि पुष्टि गर्छ । पाँच वर्षमा आउने जनअधिकारबाट चुक्न नहुने मान्यता उनीहरूको छ । आफ्नो विवेकपूर्ण निर्णयसँग देशको भविष्य जोडिएकाले सतर्क हुनुपर्ने कतिपय मतदाताको मान्यता छ । एक मतले हारजितमा समेत असर गर्ने भएकाले मतदानका लागि जान लागेको उनीहरूको भनाइ छ ।

पार्टी सबै हेरिसकिएको भन्दै व्यक्ति हेर्नुपर्नेमा मतदाताको प्रतिक्रिया छ । उनीहरू युवा र स्वतन्त्र उम्मेदवार अधिकांशको रोजाइमा परेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाबाहेक नेपालमा अहिले ९ वटा निजी वायुसेवा कम्पनीले आन्तरिक उडान भरिरहेका छन् । अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।

पाँच वर्षसम्म आफ्ना जनप्रतिनिधिप्रति असन्तोष पोख्ने मतदातामा निर्वाचनप्रति देखिएको सम्मान भने मननयोग्य छ । यद्यपि जनप्रतिनिधिप्रति उनीहरूको असन्तुष्टि भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu