ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन


एबीसी / संवाददाता
२९ बैशाख २०७९, बिहिबार   १ : ५४   बजे

काठमाडौँ, २९ बैशाख । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएको छ ।
विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण फैलिएको हो । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै महिना फैलिएको संक्रमणले त्यहाँ मानवीय संकट ल्याउने खतरा औंल्याइएको छ ।

तीब्र रुपमा फैलिने ओमिक्रोन भेरियन्टकै संक्रमण भएको बताएपनि समाचार एजेन्सीले कति संख्यामा संक्रमित छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलाएको छैन । विगत २ वर्ष ३ महिनासम्म सुरक्षित रहेको देश ठूलो आकस्मिक अवस्थामा पुगेको भन्दै संक्रमण नियन्त्रणका लागि प्योङ्याङमा सक्दो प्रयास गरिएको जनाइएको छ । सर्वोच्च नेता किम जोङ उनले घातक भाइरसलाई विस्तार हुन नदिन सिंगो देशलाई लकडाउनमा राख्न भन्दै कारखानानाहरु, व्यापारिक क्षेत्र, निजी आवासहरुमा अचुक लकडाउन लागू गर्न आदेश दिएको पनि समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकले संक्रामक रोग नियन्त्रण विभागको लापरबाही र अक्षमताले कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu