ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका पाँच मुख्य शहरमा सेनाको हेलिकप्टरसहितको जगेडा फौज परिचालन


एबीसी / संवाददाता
२९ बैशाख २०७९, बिहिबार   ६ : ४८   बजे

काठमाडौँ, २९ बैशाख । नेपाली सेनाले काठमाडौं र इटहरी सहित देशका पाँच मूख्य स्थानमा हेलिकप्टरसहितको जगेडा फौज परिचालन गरेको छ । स्थानीय तह निर्वाचन सफल बनाउन सेनाले काठमाडौं, इटहरी, बर्दिवास, पोखरा र सुर्खेतलाई केन्द्र बनाएर हेलिकप्टरसहितको जगेडा फौज परिचालन गरेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

आवश्यकता अनुसार हेलिकप्टरबाट गस्ती गर्ने, सुरक्षा अपुग भएका स्थानमा थप सुरक्षा फौज ओसारपसार गर्ने पनि उहाँले बताउनुभयो । नेपाली सेनाले प्रदेश १ का ताप्लेजुङ, खोटाङ, भोजपुर, पाँचथर, इलाम, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा पनि निर्वाचनमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै सेनाको हेलिकप्टर परिचालन गरिएको प्रवक्ता सिलवालले जानकारी दिनुभयो । निर्वाचनको सम्पूर्ण सुरक्षाका लागि सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरी ब्यारेकमा तैनाथ गरिएको छ । जुनसुकै मतदानस्थलमा निर्वाचन विरोधी गतिविधि भए सेनाको हेलिकप्टरले थप शान्ति सुरक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ । देशभरका अति संवेदनशील मतदान केन्द्रहरूमा सेनाको हेलिकप्टर मार्फत हवाइ गस्ती समेत गरिने सिलवालले बताउनुभयो ।

काठमाडौं बाहेकका स्थानमा ६ सिटे सेनाको हेलिकप्टर बन्दोबस्तीका सामग्री सहित तयारी अवस्थामा राखिएको छ । आवश्यक परेकोे खण्डमा सैनिक मुख्यालयमा रहेका हेलिकप्टरले थप सुरक्षा प्रदान गर्ने प्रवक्ता सिलुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu