काठमाडौँ, ३० बैशाख । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन ।
मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन ।
दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्