ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्ला, दोलखा र बारामा झडप, ४ जना घाइते


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   १० : ०५   बजे

काठमाडौँ, ३० बैशाख । हुम्लामा मतदानका क्रममा झडप हुँदा निर्वाचन अधिकृत नै घाइते भएका छन् ।
चंखेली गाउँपालिकास्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मदेवार पक्षधरबीच झडप भएको हो । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र निर्वाचन कार्यालयका सहयोगी र एक जना स्थानीय महिला घाइते भएका छन् । झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको छ ।

पालिकाको वडा नम्बर १, २ र ३ का मतदान स्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडपको अवस्था आएपछि मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी गंगाप्रसाद पौडेलले जानकारी दिनुभएको छ । मतदान सुरु भएलगत्तै बुथ कब्जाको कोशिस भएपछि झडप भएको हो ।

मतदाताको बाटो नै अवरुद्ध गरेका कांग्रेस-एमाले कार्यकर्ताले मतदान केन्द्रमा ढुंगामुढा समेत गरेका छन् । वडा नंबर १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । मतदान सुचारु गराउन सर्वदलीय बैठक राख्ने कोशिस भईरहेको बुझिएको छ । उता, बाराको देवताल गाउँपालिकाको वडा नम्बर ७ मतदान केन्द्रमा मतदानका क्रममा झडप भएको छ । झडपका क्रममा एक जनाको टाउको फुटेको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu