ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुँदा लोकतन्त्र सुदृढ हुन सक्दैन : अध्यक्ष दाहाल


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   १० : ३५   बजे

काठमाडौँ, ३० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा हुने हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुँदा लोकतन्त्र बलियो बन्न नसक्ने बताउनुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि दाहालले उक्त प्रतिक्रिया दिनुभएको हो । उहाँले मतदातालाई स्वतन्त्रतापूर्वक आत्मविश्वासको साथ निर्वाचनमा सहभागी हुन पनि आह्वान गर्नुभएको छ । यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन प्रक्रिया हो, सफल हुनुपर्छ । सबैले स्वतन्त्रतापूर्वक मतदान गर्नुपर्छ, मतदान गरेपछि दाहालले भने, आफू हुर्केको ठाउँमा आएर मतदान गर्दा खुरसी लागेको छ । जित्ने र हार्ने निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्ने हुन्छ । जितहार हुनकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने कुराबाट लोकतन्त्र सुदृढ हुन सक्दैन । अध्यक्ष दाहालले मुलुक अप्ठ्यारोमा परेको अवस्थामा गठबन्धन भएको बताउनुभयो। उहाँले आम नेपाली जनताले गठबन्धनको महत्त्व राजनीतिक स्थायित्व र विकास रूपमा लिनुपर्ने बताउनुभयो ।

दाहालले आफूले चितवनमा दिएको अभिव्यक्ति तोडमरोड गरिएको भन्दै असन्तुष्टि व्यक्त गनुृभयो । निर्वाचन प्रचारका क्रममा दाहालले चितवनमा मतदातालाई धम्याक्याएको आरोप लागेको थियो ।उहाँले भन्नुभयो, मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन । मैले जनतालाई धम्क्याउने र घुर्क्याउने हुनसक्छ ?

आयोगको ८ घण्टे स्पष्टीकरणबारे सुनेको छैन

अध्यक्ष दाहालले निर्वाचन आयोगले बिहीबार आफूलाई ८ घण्टे स्पष्टीकरण सोधेकोबारे थाहा नभएको बताउनुभयो। उहाँले आफ्नो साथीको मृत्यु भएको हुनाले माडी गएको विषयलाई राजनीतिकरण गरिएको बताउनुभयो । ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन, सुनेको छैन, उहाँले भन्नुभयो, माणीमा साथीको मृत्यु भएपछि संमवेदना दिन जानु थियो । त्यो बेलामा उम्मेदवारसँग भेट भयो एउटा कोठामा, चिया खाएर छुट्टियौं । त्यसलाई राजनीतिकरण गर्ने कुरा भयो, अनिरन्जना भयो ।

निर्वाचन आयोगले बिहीबार दाहाललाई ८ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group