ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुरमा १८ मतदान अधिकृत महिला


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   ११ : ५५   बजे

काठमाडौँ, ३० बैशाख । कैलालीको टीकापुर नगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ९ वडा रहेको टीकापुरमा १६ मतदान केन्द्र तथा ५७ मतदानस्थल छन् ।

५७ मतदानस्थलमध्ये १८ मा मतदान अधिकृत महिला तोकिएका छन् । त्यसैगरी २५ महिला सहायक मतदान अधिकृतमा खटाइएको नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अघिल्लो निर्वाचनलाई हेर्दा यी बुथमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी पाउनेमा महिलाको संख्या बढेको जनाइएको छ । टीकापुर नगरको प्रशासकीय अधिकृत रञ्जु आचार्यले यसपटक मतदान अधिकृत महिलाको संख्या बढेको बताउनुभयो । “यसपाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा महिलाको सङ्ख्या बढेको छ, त्यहाँ खटेका अन्य महिला कर्मचारीको सङ्ख्यासमेत बढी छ”, आचार्यले भन्नुभयो ।

यसअघि सहायक वा सहयोगी कर्मचारी भएर निर्वाचनमा खटिएका महिला यसपटक मतदान अधिकृत हुन पाउँदा जिम्मेवारीसँगै सिकाइसमेत हुने बताउँछन् । टीकापुर नगरको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले स्थानीय तहका कर्मचारी नै निर्वाचनमा खटिएकाले टीकापुरमा कार्यरत कर्मचारी महिलाको सङ्ख्या धेरै भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिला कर्मचारीको सङ्ख्या बढेपछि यसपटक निर्वाचनमा समेत महिलाले जिम्मेवारी पाएका हुन् ।”

उहाँका अनुसार पुरुष मतदान अधिकृत रहेका ठाउँमा महिला कर्मचारी धेरै खट्नुभएकाले यसले महिलालाई सिक्ने अवसर र जिम्मेवारी पूरा गर्न सक्षम छन् भन्ने देखाउँछ । टीकापुर नगरमा ५२ हजार ८७२ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group