काठमाडौँ, ३० बैशाख । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका-१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।
मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भएको छ । विवाद पछि केही समय मतदान अवरुद्ध भएको थियो, तर विवाद साम्य भएपछि पुनः मतदान सुरु भएको छ ।
धनुषामा ३ सय २३ वटा मतदानस्थल रहेकोमा १ सय ८३ वटा मतदान स्थललाई अति संवेदनशिलको रुपमा वर्गिकरण सुरक्षा निकायले गरेको छ । जिल्लाको अन्य मतदान स्थलमा सामान्य रुपमा मतदान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्