काठमाडौँ, ३० बैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । विभिन्न जिल्लामा विवादका कारण मतदान स्थगित हुने अवस्था सिर्जना भएपनि काठमाडौं उपत्यकामा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । काठमाडौंका ३२०, ललितपुरका २८८ र भक्तपुरका २१९ मतदान स्थालनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले मध्याह्न १२ बजेसम्म औसतमा ३५ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । भक्तपुरमा भने ५० प्रतिशत मतदान भइसकेको छ । उपत्यकामा बिहान ७ बजेदेखि नै मतदान सुरू भएको थियो ।
‘बिहानदेखि मतदाताको फ्लो निरन्तर छ । उत्साह पूर्णरुपमा मतदान भइरहेको छ,’ निर्वाचन अधिकारी भट्टराईले भन्नुभयो । काठमाडौंमा ११, ललितपुरमा ६ र भक्तपुरमा ४ वटा स्थानीय तह छन् ।
प्रतिक्रिया दिनुहोस्