काठमाडौँ, ३० बैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचारप्रसार गरेको भन्दै आयोगले उहाँलाई २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको हो ।
शुक्रबार बिहान पालुङटार नगरपालिका-१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गर्नुभएको थियो । निर्वाचन आचारसंहिता अनुसार मत संकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्