ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी : एमाले तीन कांग्रेस एक स्थानमा विजयी


एबीसी / संवाददाता
३१ बैशाख २०७९, शनिबार   ७ : २५   बजे

मुस्ताङ, ३१ बैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी हुनुएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाउनुभयो । त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याउनुभएको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनि एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध हुनुभएको थियो । मनाङको नासोँ गाउँपालिका अध्यक्षमा एमालेका मनबहादुर गुरुङ १९४ मतका साथ विजयी हुनुभएको छ। गठबन्धनका धनबहादुर गुरुङले ३९ मतका साथ पराजय व्यहोरेनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले १५२ मताका साथ विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनका तर्फबाट बेदवहादुर गुरुङले ५५ मतका साथ पराजय हुनुभएको छ । १ नं. वडाध्यक्षमा एमालेका मिनराज गुरुङ विजयी हुनुभएको छ । त्यस्तै मनाङको चामे गाउँपालिका वडा नम्बर–५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी हुनुभएको छ। निर्वाचनमा उहाँको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०÷३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी हुनुभएको छ । स्थानीय तह २०७९ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षबाट जीत सुरुवात गरेको हो । नार्पाभूमि अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले विजयी प्राप्त गर्नुभएको हो । लामा गाउँपालिका भरबाट १५८ मत ल्याएर विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गर्नुभएको छ । यस गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता रहेका थिए । तर निर्वाचनमा जम्मा ३०४ मत मात्रै खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group